Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

श्रीनगर एग्रिटेकको आईपीओ खुला, स्थानीयले  २५ भदौ र वैदेशिक रोजगारीमा गएकाले  १५ गतेसम्म आवेदन दिन पाउने

श्रीनगर एग्रिटेकको आईपीओ खुला, स्थानीयले  २५ भदौ र वैदेशिक रोजगारीमा गएकाले  १५ गतेसम्म आवेदन दिन पाउने

  • काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई कम्पनीले आईपीओ खुलाएको हो।

    कम्पनीले १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको छ ।अंकित मूल्य १०० रुपैयाँ दरमा उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीयले कम्पनीको आईपीओमा आवेदन दिन पाउनेछन्।

    उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि भदौ २५ गतेसम्म सेयर निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।साथै  कम्पनीले ३ लाख ९ हजार ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको छ। वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्कासन भदौ १५ गतेसम्म खुला रहने जनाइएको छ। लगानीकर्ताले १० देखि १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ। नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गर्न कम्पनीले  अनुमति पाएको छ।

    नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाएको छ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ छ। गत आर्थिक वर्षसम्म सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ रहेको वित्तीय विवरण कम्पनीले पेस गरेको छ। 
    कम्पनीको प्रति सेयर आम्दानी १.६८ रुपैयाँ तथा प्रति सेयर नेटवर्थ १०२.१३ रुपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij