Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

धुमपान र सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न

धुमपान र सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न

  • काठमाडौँ । धुमपान तथा सूर्तीजन्य पदार्थको प्रभाव नियन्त्रणमा कर वृद्धि सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    IMG_6180.jpegराष्ट्रिय स्वास्थ्य शिक्षा , सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितको अध्यक्षतामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    IMG_6178.jpeg
    कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुगाना र डा. जयकुमार गुरुङले सूर्तीजन्य पदार्थ नियन्त्रण , कर संयन्त्रको भार कति र कसरी शीर्षकमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । 

    IMG_6173.jpeg
    सो कार्यपत्रमा स्वास्थ्यविज्ञहरूले टिप्पणी गरेका थिए । ढुंगानाले ९९ प्रतिशत क्यान्सर धुमपान र सूतीजन्य वस्तुको सेवनबाट हुने गरेको बताए । ११ प्रतिशत अप्रत्यक्ष धुमपान (सेकेन्ड स्मोकिङ)बाट हुने गरेको उनले जनाए । यसको उपाय कर वृद्धि रहेको उनले जनाए । 

    यसैगरी डा. गुरुङले यसको शक्तिशाली रणनीति कर नै भएको बताए । एकीकृत कर संरचना अपनाए यसको नियमन र कार्यान्वयन प्रभावकारी हुने उनले बताए । यसका लागि सक्रिय भूमिका अर्थमन्त्रालय र स्थानीय निकायको हुनुपर्ने उनले सुझाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij