
काठमाडौं। राजनीतिक अस्थिरता र चर्किँदो विरोध–प्रदर्शनबीच राष्ट्रपति रामचन्द्र पौडेलले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
पौडेलले देशमा उत्पन्न भएको परिस्थितिमा नयाँ नेतृत्वले समाधान खोज्नुपर्ने बताउँदै आफू पदबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्। उनले राजीनामापछि पनि लोकतन्त्र र संविधानको संरक्षणका लागि योगदान दिने प्रतिबद्धता जनाएका छन्।
उनको राजीनामापछि अब संविधानअनुसार कार्यवाहक राष्ट्रपतिको व्यवस्था हुने र नयाँ राष्ट्रप्रमुख चयन गर्ने प्रक्रिया अघि बढ्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij