Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

अन्तरिम सरकारका  नवनियुक्त  मन्त्रीहरूको  शपथ पूर्व निर्धारित समय भन्दा एक घन्टा पछि  हुने

अन्तरिम सरकारका  नवनियुक्त  मन्त्रीहरूको  शपथ पूर्व निर्धारित समय भन्दा एक घन्टा पछि  हुने

  • काठमाडौं । अन्तरिम सरकारका  नवनियुक्त  मन्त्रीहरूको  शपथ पूर्व निर्धारित समय भन्दा एक घन्टा पछि  सरेको छ । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएकोमा अब   ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । 

    कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि आइतबार सिफारिस गरेकी थिइन् ।

    तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ । गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की  प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij