Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत  आयोजनाको निरीक्षण

मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत  आयोजनाको निरीक्षण

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

    सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्। निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ।

    चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता भई  निर्माण चरणमा पुगेको थियो। उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको भएपनि  जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij