Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

दुई महिनामा वैदेशिक लगानी स्वीकृतिमा तीन गुणा वृद्धि

दुई महिनामा वैदेशिक लगानी स्वीकृतिमा तीन गुणा वृद्धि

  • काठमाडौँ ।चालु आर्थिक वर्षको सुरुका दुई महिनामा वैदेशिक लगानी (एफडिआई) स्वीकृति उल्लेख्य रूपमा बढेको देखिएको छ। उद्योग विभागको तथ्यांक अनुसार साउन र भदौमा जम्मा ३३ अर्ब ९ करोड रुपैयाँ बराबरको एफडिआई स्वीकृत भएको छ। यो गत वर्षको सोही अवधिको १२ अर्ब रुपैयाँको तुलनामा करिब तीन गुणा बढी हो।

    स्वचालित मार्गमार्फत १ अर्ब ३६ करोड र नियमित प्रक्रियाबाट ३१ अर्ब ७२ करोड ३८ लाख रुपैयाँको एफडिआई स्वीकृत भएको विभागले जनाएको छ।

    महिनागत तुलना

    साउनमा २४ अर्ब १० करोड बराबरको एफडिआई स्वीकृत भएकोमा भदौमा भने घटेर ८ अर्ब ९८ करोड ७० लाख मात्र स्वीकृत भएको छ।
    साउनको उच्च लगानीमा २० अर्ब रुपैयाँको चिनियाँ लगानीले ठूलो योगदान दिएको थियो, जसअन्तर्गत भैँसीको मासु प्रशोधन उद्योग खोल्न स्वीकृति दिइएको हो।

    उद्योग दर्ता

    दुई महिनाको अवधिमा कुल २३६ वटा उद्योग दर्ता भएका छन्।

    • ठूला उद्योग : ७

    • मझौला उद्योग : ४

    • साना उद्योग : २२५

    भदौमा मात्रै ५ ठूला, ४ मझौला र १०० साना उद्योग दर्ता भएका छन्।

    लगानीको क्षेत्रीय स्थिति

    दर्ता भएका उद्योगमध्ये सूचना प्रविधि र पर्यटन क्षेत्र अग्रस्थानमा रहेका छन्।

    • सूचना प्रविधि : १२० उद्योग (५१%)

    • पर्यटन : ७९ उद्योग

    • सेवा : १५

    • उत्पादन : १२

    • कृषि : ९

    • ऊर्जा : १

    लगानी प्रतिबद्धताको हिसाबले भने कृषि क्षेत्र शीर्षस्थमा रहेको छ।

    • कृषि : २१ अर्ब ५९ करोड रुपैयाँ

    • पर्यटन : ६ अर्ब ६९ करोड रुपैयाँ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij