Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

चालु आवको दुई महिनामा आयात १६ प्रतिशतले बढ्दा वैदेशिक व्यापार साढे तीन खर्ब बढी

चालु आवको दुई महिनामा आयात १६ प्रतिशतले बढ्दा वैदेशिक व्यापार साढे तीन खर्ब बढी

  • काठमाडौँ । चालु आवको पहिला दुई महिनामा आयात १६ प्रतिशत र निर्यात ८८ प्रतिशतले बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ बढीको  वैदेशिक व्यापार हुँदा आयात निर्यातको यस्तो अवस्था देखिएको हो ।

    भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा २२.५४ प्रतिशत बढी हो । गत आव भदौसम्म २ खर्ब ८७ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

    दुई महिनामा वस्तु आयात ३ खर्ब बढीको भएको छ । भदौसम्म ३ खर्ब ५ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको भन्सार प्रतिवेदनमा देखिन्छ । जुन अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशत बढी हो । अघिल्लो आव २ खर्ब ६२ अर्ब ५४ करोड बराबर वस्तु आयात भएको थियो ।

    दुई महिनामा निर्यात भने ८८.५७ प्रतिशतले वृद्धि भएको छ । भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म २५ अर्ब ९ करोडको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    दुई महिनाको तथ्यांक हेर्दा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ छ । कुल वैदेशिक व्यापार २२.५४ प्रतिशत बढ्दा पनि व्यापार घाटा भने ८.५९ प्रतिशत मात्र बढेको छ ।

    कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.५८ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५.१५ प्रतिशत घटी हो । निर्यात हिस्सा १३.४२ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५३.८८ प्रतिशतले बढी भएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij