Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

आज विजया दशमी, टीकाको शुभसाइत ११:५३ बजे

आज विजया दशमी, टीकाको शुभसाइत ११:५३ बजे

  • काठमाडौं ।दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका (शुभ साइतको प्रतीक) र जमरा (समृद्धिको प्रतीक) थापेर दशैं मनाइन्छ।

    दशैं घर वा पूजा कोठामा नौ दिनसम्म गरिएको पूजा–आराधनाको प्रसाद आज लगाइने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका प्रसाद ग्रहण गर्न आज बिहान ११:५३ बजेको साइत उत्तम मानिएको छ।

    समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार विजयादशमी आफैंमा शुभ दिन भएकाले सामान्य मानिसले साइत खोज्नु आवश्यक छैन। तर, राज्य सञ्चालकले साइतमै टीका ग्रहण गर्नुपर्ने शास्त्रीय परम्परा रहेको भन्दै साइत दिइएको हो।

    घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म (अखिल बलि पूर्ति नभएसम्म) मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था छ।

    यसैबीच समितिले घटस्थापनामा राखिएको जमरा विसर्जन गर्ने साइत आज बिहान ९:२३ बजे रहेको जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij