 
                                
                             
                                                            काठमाडौं। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म भारी वर्षा र आकस्मिक बहावको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। यसका कारण नेपालमा मनसुनी वायु सक्रिय भई असोज १७ देखि २० सम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा तीव्र हुने सम्भावना छ।
यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूको बहाव बढ्न सक्ने देखिएको छ। साथै महाभारत र चुरे क्षेत्रका स–साना नदी–नालामा आकस्मिक बहाव हुने जोखिम रहेको विभागले जनाएको छ।
साना नदी–नालामा आकस्मिक बहाव हुने उच्च सम्भावना
नारायणी, बागमती, कमला र कोशी नदी तथा सहायक नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने
महाभारत र चुरे क्षेत्र भई बहने नदी–नालामा आकस्मिक बहावको जोखिम
बाढी, डुबान, पहिरो, भू–क्षय लगायतका विपद् बढ्ने खतरा
सडक तथा हवाई यातायात अवरुद्ध हुने सम्भावना
बागमती प्रदेश: काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन
कोशी प्रदेश: संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ
मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट तथा आसपासका जिल्ला
विभागले वेबसाइट, सामाजिक सञ्जाल र टोल–फ्रि नम्बर ११५५ मार्फत अद्यावधिक पूर्वसूचना प्राप्त गरी सतर्कता अपनाउन आग्रह गरेको छ। साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायलाई पूर्वतयारीमा जुट्न र आमसर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij