Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

काठमाडौं प्रशासनको आग्रह : रातको समयमा काठमाडौं भित्रिने–निस्कने यात्रा नगर्न अनुरोध

काठमाडौं प्रशासनको आग्रह : रातको समयमा काठमाडौं भित्रिने–निस्कने यात्रा नगर्न अनुरोध

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान भएकाले रातको समयमा काठमाडौं भित्रिने र यहाँबाट बाहिर निस्कने यात्रा नगर्न अनुरोध गरेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार सो अवधिमा बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्ने भएकाले अत्यावश्यक नपरेसम्म लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन्। उनले विशेषगरी रातको समयमा यात्रा नगर्नु पर्ने उल्लेख गरेका छन्।

    प्रशासनले आकस्मिक अवस्थामा उद्धार तथा राहतका लागि जिल्ला प्रहरी परिसर काठमाडौं (१६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७), सशस्त्र प्रहरी बल विपद् उद्धार गण सिनामंगल (९८५१२७२०३५, ०१–४४७१३३७) र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (९८५१३६२९३७) मा सम्पर्क गर्न सकिने जनाएको छ।

    यसअघि ललितपुर प्रशासनले पनि जोखिम न्यूनिकरणका लागि विहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ। अन्य जिल्लाहरूले पनि जोखिमपूर्ण क्षेत्रमा सवारी आवागमन रोक्ने व्यवस्था लागू गरिसकेका छन्।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि मनसुनी गतिविधि सक्रिय हुने र शनिबार–आइतबार बढी वर्षा हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij