Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

पोखरा–चितवन मार्गमा रातको समयमा सवारी नगर्न आग्रह

पोखरा–चितवन मार्गमा रातको समयमा सवारी नगर्न आग्रह

  • पोखरा ।जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमानसँगै तनहुँ, धादिङ र चितवन जिल्लामा रातको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको छ।

    शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधिको संयुक्त बैठक बसेर असोज १७ देखि २० गतेसम्म राति सवारीसाधन नचलाउने निर्णय गरिएको हो।

    सुरक्षा समितिको अनुसार पृथ्वी राजमार्गको कोत्रे–मुग्लिङ–नागढुङ्गा तथा मुग्लिङ–नारायणगढ खण्डमा निरन्तर पहिरो झर्ने क्रमले सवारी आवागमन अवरुद्ध हुने भएकाले रातिको यात्रा जोखिमपूर्ण छ।

    संयुक्त रूपमा जारी सूचनामा भनिएको छ—

    • अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह।

    • यात्रा गर्नै परे दिनको समयमा गन्तव्यमा पुग्ने गरी गर्नु।

    • यात्रापूर्व सुरक्षा निकायसँग आवश्यक जानकारी लिनु।

    • मालवहाक सवारीसाधन पनि नचलाउन अपिल।

    सूचनामा थप उल्लेख छ, ‘पूर्वानुमानअनुसार वर्षा भएको खण्डमा वा सम्भावना देखिएमा स्थानीय प्रशासनले राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले सचेत रहन र सहयोग गर्न अनुरोध छ।''

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij