Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरपालिकाद्वारा पाँच लाख सहयोग

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरपालिकाद्वारा पाँच लाख सहयोग

  • पाटन (ललितपुर)। यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गर्नुभयो । यही असोज १० गते बसेको महानगर कार्यपालिका बैठकले गरेको निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको महानगरप्रमुख महर्जनले जानकारी गराउनुभयो ।

    “सुशासन कायम र भ्रष्टाचारको अन्त्यका लागि भएको आन्दोलनमा योगदान दिएकामा राष्ट्रले नै शहीद घोषणा गरिसकेकाले महानगरले संवेदनासँगै यो सानो सहयोग उपलब्ध गराएको हो । शव अन्त्येष्टिमा समेत महानगरले सहयोग गरेको छ”, उहाँले भन्नुभयो । महानगरका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले शहीद महर्जनको योगदानको सम्मान र परिवारलाई सहानुभूतिस्वरुप सहयोग गरिएको बताउनुभयो । शहीद महर्जनका दिदी विना महर्जनले आफ्नो भाइले देशको परिवर्तनका लागि योगदान दिएकाले ललितपुर महानगरभित्र सालिक निर्माण गरिदिन आग्रह गर्नुभयो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij