
काठमाडौँ । तिहार (दीपावली)मा माटाका दीप बाल्ने सांस्कृतिक तथा धार्मिक आस्थामा ह्रास आएकाले कुमालहरूले बनाउने माटाका दीपको ठाउँमा बिजुलीका झिलिमिलीले लिन पुगेका छन् । काठमाडौँमा प्रजापति समुदायका हातले बनाइने माटाका दियो तिहार पर्वको विशेष पहिचान धमिलिँदै गइरहेको हो ।
पछिल्ला वर्षहरूमा विदेशी बत्तीको तीव्र आयातले माटोको दियोको उपयोग तिहारमा ओझेल हुँदै गएको छ ।चालु आर्थिक वर्षको पछिल्लो दुई महिना (साउन र भदौ) मा मात्रै करिब २६ करोड ८ लाख ७९ हजार ७९२ रुपैयाँ बराबरको विभिन्न डिजाइन र रङ्गका झिलिमिली बत्ती आयात भएको देखिन्छ ।गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १ अर्ब ४३ करोड बराबरको ८० लाख ६८ हजार पिस झिलिमिली बत्ती आयात भएको थियो।भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी २०८०÷८१ मा १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस झिलिमिली आयात भएको थियो ।
तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात भइरहेको देखिएपनि कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन् ।माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट चल्ने झिलिमिली बत्तीको प्रचलन बढेकोले माटोका दियो र भाँडाकुँडाहरु बनाउने कुमाल समुदायका नयाँ पुस्तालाई आकर्षित गर्न तथा आम्दानी सुनिश्चित गर्न चुनौती थपिएको छ ।
दिपावली, छठपर्वलगायतमा उनले दियो, ढकनी, घैँटो, मटिया, कुसियाको थोरै मात्रामा माग आएको उनको भनाइ छ । दियो र माटाका भाँडाकुँडा बनाउनेहरूका अनुसार माग घटेको छ ।विगतको भन्दा माग आधामा झरेको छ । उत्पादकहरूका अनुसार उनीहरूले यो वर्ष एक दर्जन पाला ४० रुपैयाँमा खुद्रा बिक्री गरिरहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij