काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकार राजस्व सङ्कलनमा अगाडि बढे पनि लक्ष्यप्रति भने प्रगति सुस्त देखिएको छ ।राजस्व विभागका अनुसार कात्तिक ३० गतेसम्म कूल ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ, जुन कार्त्तिकसम्मको ४ खर्ब २५ अर्ब २३ करोड लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो ।कार्त्तिक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७० करोड लक्ष्य राखिए पनि प्राप्ति ७८ अर्ब ३३ करोडमा सीमित रह्यो । यो महिनाको प्राप्ति ७५.४९ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । कार्त्तिक ३० गते एक दिनमै ३ अर्ब ६८ करोड राजस्व उठेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा कार्त्तिकसम्म ३ खर्ब २९ अर्ब २ करोड राजस्व सङ्कलन भएको थियो । यस वर्ष उही अवधिमा सङ्कलन ३ खर्ब २९ अर्ब ५१ करोड पुगेको छ, जसले झिनो वृद्धि भएको देखाएको छ ।त्यस वर्षको कात्तिक महिनामा ७६ अर्ब राजस्व उठेको थियो, जुन चालु वर्षको ७८ अर्ब ३३ करोडभन्दा केही बढी हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij