Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

प्रधानमन्त्रीले भेट्न समय नदिएको भन्दै जेनजी समूहको प्रदर्शन

प्रधानमन्त्रीले भेट्न समय नदिएको भन्दै जेनजी समूहको प्रदर्शन

  • काठमाडौँ  ।  प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन-जी समूहले सिंहदरबार  अगाडि प्रदर्शन गरेको छ ।

    प्रधानमन्त्री कार्कीले जेन-जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलबार सिंहदरबार  अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ ।

     सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन-जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाए । उनले आफूहरुले सुशासन मागेके भएपनि प्रधानमन्त्रीले जेन-जीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोप समेत लगाए । आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उनको चेतावनी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij