Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

मन्त्री कूलमानको प्रमुख आतिथ्यतामा द फिफ्टिन्थ एसियन रिजनल अफ आईएईजीको शिखरसम्मेलन आयोजना हुँदै

मन्त्री कूलमानको प्रमुख आतिथ्यतामा द फिफ्टिन्थ एसियन रिजनल अफ आईएईजीको शिखरसम्मेलन आयोजना हुँदै

  •  काठमाडौँ । द फिफ्टिन्थ एसियन रिजनल अफ आईएईजीको शिखरसम्मेलन आयोजना हुने भएको छ ।यो शिखरसम्मेलनको आयोजना काठमाडौँको म्यारियट होटलमा नोभेम्बर २७ देखि २९सम्म हुने आयोजक संस्था नेपाल सोसाइटी अफ इन्जिनियरिङ जिओलोजीलेले जनाएको हो ।

    आईएईजीको यो पहिलो  शिखर सम्मेलन नेपालमा हुन लागेको हो ।यसमा पच्चीस देशका तीन सय जना प्रतिनिधि पर्यवेक्षक सहभागी हुने विश्वास गरिएको छ । दुई सय ६जना कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यसकम नास्ट, टीयू, केयूका तर्फबाट प्रतिनिधित्व हुनुका साथै प्राध्यापक कन्सल्ट्यान्टिङ कम्पनीहरूबाट पनि सहभागिता रहने जनाइएको छ ।

    आयोजक समिति आबद्ध डा. रञ्जनकुमार दाहालले यसबारे जानकारी दिँदै पोखरामा ओपन स्कूल चलाउने योजना रहेको बताए । यसको प्रमुख अतिथि मन्त्री कूलमान घिसिङ रहने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij