Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

अध्ययन भिसामा नेपाल आएका विदेशीहरू निगरानीमा

अध्ययन भिसामा नेपाल आएका विदेशीहरू निगरानीमा

  • काठमाडौँ ।  अध्ययन भिसामा नेपाल आएका विदेशीहरू विरुद्ध निगरानी थालिएको छ ।अध्यागमन विभागले भिसाको  उदेश्य विपरीत नेपाल बसेका विदेशी नागरिकहरूमाथि  विशेष निगरानी अघि बढाएको हो ।

    अध्ययन भिसामा नेपाल आएका नागरिकहरु कानुनले गर्न नहुने क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको खुलेको जनाइएको छ ।
    अध्ययन भिसा नपाउनेहरुलाई अध्ययन भिसाका लागि सिफारिस गरेको देखिएपछि अध्यागमनले एक सूचना जारी गरी शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न भनेको छ।

    अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरुले नियमित रुपमा कक्षामा सहभागी नहुने गरेको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गर्ने गरेको, कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसेको पाइएको जनाइएको छ ।

    कतिपय विदेशी नागरिकहरु गैह्रकानूनी क्रियाकलापमा समेत संलग्न रहेको पाइएकाले त्यस्को सूचना प्रहरी तथा स्थानीय निकायमा दिन समेत शैक्षिक संस्थाहरुलाई अध्यागमनले अनुरोध गरेको छ।

    अध्यागमन विभागले  विदेशी नागरिकलाई अध्ययन गराउने सबै शैक्षिक संस्था अनुगमन गर्न शिक्षा मन्त्रालय, विदेशी नागरिकहरुको गतिविधि अनुगमन गर्न ७७ वटै जिल्ला अनुगमन समितिलाई समेत अनुरोध गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij