काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ ।तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय अनुसार बढाइएको हो ।
त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।
तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेपनि कार्यान्वयनमा आएको थिएन् । स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरिएको थियो । सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
उनको निर्णय आजदेखि लागु भएको हो । स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका हुन् ।नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् ।
३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, त्यसका लागि शुल्क ९ हजार ५ सय लिन, सरकारले थप गरेका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्न संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् ।सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर गरिरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij