Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

शिवम् होल्डिङ्सको २.५० प्रतिशत नगद लाभांश घोषणा , आइपीओ जारी गर्ने तयारी

शिवम् होल्डिङ्सको २.५० प्रतिशत नगद लाभांश घोषणा , आइपीओ जारी गर्ने तयारी

  •  

    काठमाडौं । शिवम् होल्डिङ्स  लिमिटेडले २.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले हाल कामय चुक्ता पुँजी ४ अर्ब ६४ करोडबाट २.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले लाभांश प्रस्तावसहित असोज ३० गते साधारण सभा बोलाएको छ । 

    सभा कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।शिवम् होल्डिङ्स प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij