
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५९.५४ र चाँदी प्रतिऔंस ३१.९३ डलरमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij