Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बैंकहरूमा तरलता फालाफाल तरपनि कर्जा नबढेकोमा चिन्ता

बैंकहरूमा तरलता फालाफाल तरपनि कर्जा नबढेकोमा चिन्ता

  • काठमाडौँ । बैंकहरूमा तरलता फालाफाल रहेको भएपनि कर्जा नबढेकोमा चिन्ता व्यक्त गरिएको छ ।राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले अर्थतन्त्रबारे यस्तो बताएको हुन् ।  तरलता फालाफाल भएको बेला व्यवसायीहरुको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको  सीईओ खनालले बिहीबार बैंकको ६० औँ बताए ।

    उनका अनुसार बजारमा अझै पनि शिथिलता देखिन्छ। आर्थिक गतिविधि अपेक्षितरुपमा बढ्न सकेको छैन। जसले गर्दा पैसा बैंकमा थुप्रिरहेको छ । आर्थिक गतिविधि सुस्त हुँदा ऋण असुली प्रभावित भइ बैंकिङ क्षेत्रमा निष्कृय कर्जा बढिरहेको छ।चालु आर्थिक वर्ष दोस्रो त्रैमासिकमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा बढेर ४.४८ प्रतिशत पुगेकामा राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत छ। उनले यसो भनिरहँदा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतका व्यक्तिहरू रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij