Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

चिनियाँ नागरिक हुण्डी कारोबारमा संलग्न हुँदा २० लाख ९२ हजार रूपैयाँ सहित पक्राउ

चिनियाँ नागरिक हुण्डी कारोबारमा संलग्न हुँदा २० लाख ९२ हजार रूपैयाँ सहित पक्राउ

  •  

    काठमाडौँ ।काठमाडौँको बौद्धमा बसोबास गर्ने २६ वर्षीया चिनियाँ नागरिक रिक्से वाङलाई हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। वाङलाई काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध क्षेत्रबाट नगद २० लाख ९२ हजार रूपैयाँ सहित पक्राउ गरिएको हो।

    प्रहरीको अनुसार, महाबौद्धमा हुण्डी कारोबार भइरहेको सूचना प्राप्त भएपछि, प्रहरी वृत्त जनसेवा बाट खटिएको टोलीले उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको छ। उनीमाथि जिल्ला अदालत काठमाडौँबाट ४ दिन म्याद थप अनुमति प्राप्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij