Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल माइक्रो इन्सुरेन्सको नाफा ८०% घट्यो, खर्च बढ्दा दबाव

नेपाल माइक्रो इन्सुरेन्सको नाफा ८०% घट्यो, खर्च बढ्दा दबाव

  •  

    काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा भारी गिरावट व्यहोरेको छ। कम्पनीको नाफा ८०.०८ प्रतिशतले घटेर ४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २४ लाख १५ हजार रुपैयाँको तुलनामा निकै कम हो।

    कम्पनीको कुल बीमा शुल्क आम्दानी भने ६०५.७४ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा यस्तो उल्लेखनीय वृद्धिसँगै कम्पनीको बजार विस्तार देखिन्छ, तर खर्चको चापले नाफामा नकारात्मक असर पारेको छ।खुद दाबी भुक्तानीस् ५१३.२७ प्रतिशतले बढेर २ करोड ५१ लाख रुपैयाँ।

    कर्मचारी खर्च २ करोड ४६ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँ।

    अन्य सञ्चालन खर्च १ करोड ६ लाख रुपैयाँबाट बढेर ४ करोड ६५ लाख रुपैयाँ।कम्पनीले हालै सम्पन्न  बाट पूँजी जुटाउँदै चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्‍याएको छ। पूँजी विस्तार भए पनि मुनाफामा गिरावट आउँदा कम्पनीको वित्तीय प्रदर्शनमा चुनौती देखिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij