Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

अपर स्याङ्गे हाइड्रोपावरको घाटा बढ्दै १.६३ करोड पुग्यो, आम्दानी घट्दा दबाव

अपर स्याङ्गे हाइड्रोपावरको घाटा बढ्दै १.६३ करोड पुग्यो, आम्दानी घट्दा दबाव

  • काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ६२ लाख ९८ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको घाटा ३४ लाख १७ हजार रुपैयाँ मात्र थियो। घाटामा आएको तीव्र वृद्धिको मुख्य कारण विद्युत् बिक्री आम्दानीमा आएको गिरावट हो।

    कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको ५ करोड ६ लाख रुपैयाँ बाट घटेर ३ करोड ९८ लाख रुपैयाँ मा झरेको छ। यद्यपि, वित्तीय खर्च भने घट्दै ४ करोड ९१ लाख रुपैयाँबाट २ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ, जसले घाटालाई केही हदसम्म सन्तुलनमा राखेको देखिन्छ।
    चुक्ता पुँजीस् २२ करोड रुपैयाँ

    जगेडा कोष: ऋणात्मक १० करोड ६६ लाख रुपैयाँ

    प्रतिसेयर आम्दानी : –२.०६ रुपैयाँ

    प्रतिसेयर नेटवर्थ: ५१.५४ रुपैयाँ

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij