Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

धौलागिरी लघुवित्त : ५२ लाख रुपैयाँ नाफा, अघिल्लो वर्षको ४.९३ करोड घाटाबाट उल्लेखनीय सुधार

धौलागिरी लघुवित्त : ५२ लाख रुपैयाँ नाफा, अघिल्लो वर्षको ४.९३ करोड घाटाबाट उल्लेखनीय सुधार

  • काठमाडौँ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धौलागिरी लघुवित्त वित्तीय संस्थाले ५२ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनी ४ करोड ९३ लाख रुपैयाँको घाटामा थियो।

    नाफा वृद्धिको प्रमुख कारण खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको उल्लेखनीय सुधार हो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४७.११ प्रतिशतले बढेर ९ करोड ७० लाख रुपैयाँ पुगेको छ।

    गत वर्ष ४.९३ करोडको सञ्चालन घाटामा रहेको कम्पनीले यस त्रैमासमा ५२ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ।

    चैत मसान्तसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी  ३ रुपैयाँ ९५ पैसा रहेको छ, जुन गत वर्षको ३७ रुपैयाँ ०७ पैसाको तुलनामा उल्लेखनीय सुधार हो।

    धौलागिरी लघुवित्तको प्रतिसेयर नेटवर्थ हाल ८९ रुपैयाँ २२ पैसा रहेको छ, जसले कम्पनीको वित्तीय आधारमा स्थायित्व देखाउँछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij