Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

युनिक नेपाल लघुवित्तको नाफा घट्यो, एनपीएल १५.५२% पुगेपछि लाभांश वितरणमा रोकको सम्भावना

युनिक नेपाल लघुवित्तको नाफा घट्यो, एनपीएल १५.५२% पुगेपछि लाभांश वितरणमा रोकको सम्भावना

  •  

    काठमाडौं ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत कम हो। अघिल्लो वर्ष यो अवधिमा संस्थाले ३ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    खुद ब्याज आम्दानी थोरै वृद्धि भई १७ करोड २५ लाखबाट १७ करोड २७ लाख रुपैयाँ पुगेको छ। तर, संस्थाले ४ करोड ७५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याउनुपरेपछि नाफामा गिरावट आएको हो।

    हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोष १९ करोड ११ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जसअनुसार कम्पनीसँग ४२.४८ प्रतिशतसम्म लाभांश दिने क्षमता देखिन्छ।

    यद्यपि, संस्थाको गैर(संविधानिक कर्जा (एनपीएल) १५.५२ प्रतिशत पुगेकाले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने सम्भावना छ। अहिले युनिक नेपालको प्रतिसेयर आम्दानी ३०.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६४.९७ रुपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij