Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सुपर मादी हाइड्रोपावरको नाफा २.७७% ले घट्यो, विद्युत बिक्री घट्दा असर

सुपर मादी हाइड्रोपावरको नाफा २.७७% ले घट्यो, विद्युत बिक्री घट्दा असर

  •  

    काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २।७७ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य गिरावट आएको छ, जसले नाफामा नकारात्मक प्रभाव पारेको हो। बिक्री आम्दानी ९४ करोड ५५ लाख रुपैयाँबाट घटेर ७४ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।

    तर, सकारात्मक पक्षको रूपमा हेर्दा कम्पनीको वित्तीय खर्च ५६ करोड ७९ लाख रुपैयाँबाट घटेर ३६ करोड २९ लाख रुपैयाँमा झरेको छ, जसले घाटालाई केही हदसम्म सन्तुलनमा ल्याएको छ।

    २ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६४ लाख रुपैयाँ सञ्चित छ। हाल प्रतिसेयर आम्दानी  ३.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.२८ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij