Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा निर्धारित लक्ष्य भन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा निर्धारित लक्ष्य भन्दा बढी राजस्व संकलन

  • काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको ९ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागले कार्यालयलाई दिएको  लक्ष्य भन्दा धेरै राजस्व संकलन गरिएको हो ।

    चालु आवको ९ महिनाको अवधिमा ६ अर्ब १३ करोड ९५ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा ६ अर्ब ६५ करोड ७९ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।  यो निर्धारित लक्ष्यको १०८.४४ प्रतिशत बढी  राजस्व सङ्कलन  हो ।  कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाइलेँ चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

    उनका अनुसार  कार्यालयले चालु आवको ९ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतर्फ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ  । आयकरतर्फ पनि करिब  शतप्रतिशत राजस्व सङ्कलन भएको छ ।

    विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म २ अर्ब १३ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म २ अर्ब ११ करोड ४७ लाख ५७ हजार रुपैयाँ अर्थात ९९.१७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । यसैगरी   अन्तःशुल्क करतर्फ २  अर्ब १६ करोड ६१ लाख रुपैयाँ लक्ष्य रहेकोमा ३ अर्ब ९६ लाख २४ हजार रुपैयाँ अर्थात १३८.९४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । अनि  बहाल करतर्फ २२ करोड ९१ लख ४ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

    साथै  ब्याज करतर्फ भने ४५ करोड ५७ लाख रुपैयाँ सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ७५ करोड ३३ लाख ६७ हजार रुपैयाँ लक्ष्य राखेकोमा १ अर्ब ४३ करोड ३९ लाख ९४ हजार रुपैयाँ अर्थात ८३.५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  विभागले कार्यालयलाई वर्षभरिमा भने ८ अर्ब ७१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij