
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिट्यान्स) नेपाली रुपैयामा आप्रवाह १३.२ प्रतिशतले बढेको छ । सोही अवधिमा मुद्रास्फिति घटेर २.७७ प्रतिशतमा आएको छ ।नेपाल राष्ट्र बैंकले २०८१÷८२को दश महिनाको तथ्यांकको आधारमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो जनाएको हो ।
सो प्रतिवेदन अनुसार वार्षिक आर्थिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति २.७७प्रतिशतमा झरेको छ । यसैगरी शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । सोही अवधिमा १३.१ प्रतिशतले आयात बढेको छ भने निर्यात ७२.७ प्रतिशतले बढेको छ ।विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले बढेको छ भने अमेरिकी डलमा १०.५ प्रतिशते बढेको देखिएको छ । अमेरिकी डलरमा कुल विदेशी सञ्चिति १८ अर्ब ४० करोड पुगेको छ ।
यसैगरी नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ भने राजस्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको प्रतिवेदनमा जनाइएको छ ।विस्तृत मुद्रा प्रदाय ६.६ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय ११ .४ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि दर ८.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij