Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

जनवरीदेखि जुन अन्त्यसम्म पौने ६ लाख पर्यटक भित्रिए, गतवर्षको तुलनामा आगमनमा कमी

जनवरीदेखि जुन अन्त्यसम्म पौने ६ लाख पर्यटक भित्रिए, गतवर्षको तुलनामा आगमनमा कमी

  • काठमाडौँ । सन् २०२५को जनवरीदेखि जुनको अन्त्यसम्म नेपालमा पौने ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डले जनाए अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल भित्रिएका हुन् । नेपालमा मासिक सरदरमा ९६ हजार २ सय ८१ जना पर्यटकले भ्रमण गर्ने गरेको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा कमी भएको देखिन्छ ।

    गत वर्ष सन् २०२४को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।जुन महिनामा नेपाल आउने पर्यटकमध्ये भारतबाट सबैभन्दा ठूलो संख्या पर्यटकहरू आएका छन् । भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।

    तेस्रो ठुलो संख्यामा  चीनबाट पर्यटक आएका छन् । चीनबाट ६ हजार ७३६, चौथोमा बंगलादेशबाट पाँच हजार ४४९ र पाँचौँ स्थानमा बेलायतबाट दुई हजार २८४ पर्यटक नेपाल भित्रिएको देखिन्छ ।यसैगरी अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन् । बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ जना पर्यटक आएका थिए । यसैगरी फेब्रुअरीमा ९६ हजार ८ सय ८० जना, मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना, अप्रिलमा १ लाख १६ हजार ४ सय ९० जना, मेमा ८६ हजार २ सय १६ जना, जुनमा ७६ हजार ४ सय २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij