Logo

Jul 13 2025 | २०८२, असार २९गते

Jul 13 2025 | २०८२, असार २९गते

images

अलपत्र परेकाविमानस्थल फिल्म सुटिङका लागि दिइने गरी हवाइ नीति आउँदै

अलपत्र परेकाविमानस्थल फिल्म सुटिङका लागि दिइने गरी हवाइ नीति आउँदै

  • काठमाडौँ । उपयोगमा नरहेका र  निर्माण सम्पन्न भएर प्रयोगमा आउन नसकेका अलपत्र परेका विमानस्थलहरुलाई फिल्म सुटिङको लागि उपयोग गर्ने गरी नीति आउन लागेको छ ।२० जति  अलपत्र  परेका विमानस्थलहरु देशभर रहेका छन् । तिनीहरुमा जहाज उडान हुन नसकेर अलपत्र अवस्थामा छोड्नु भन्दा फिल्म सुटिङको लागि जिम्मा दिए उपयोगी हुने विश्वासका साथ नयाँ नीति आउन थालेको हो ।

    प्रस्तावित हवाई नीतिमार्फत त्यस्तो व्यवस्था गर्न लागिएको हो । प्रस्तावित नयाँ नीतिमा त्यस्ता प्रयोग नभएका विमानस्थलहरुमा कुनै हवाई कम्पनीले तालिमलगायतका कार्यक्रमहरु संचालन गर्न चाहेमा त्यस्तालाई प्राथमिकता दिइने जनाइएको छ ।पर्यटन मन्त्रालयलले अहिले नयाँ हवाई नीतिमाथि सरोकारवालाहरुसंँग सुझाव लिने काम गरिरहेको छ । ती सुझावहरुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइ केही समयपछि मन्त्रीपरिषदमा पेश गर्ने  मन्त्रालयको तयारी छ । 

    पर्यटन मन्त्रालयले मस्यौदा गरेको नयाँ नीतिका अनुसार अब कुनै पनि नेपाली नागरिकले निजी प्रयोजनका लागि जहाज किनेर चलाउन पाउने प्रस्ताव गरिएको छ। निजी प्रयोजनका लागि त्यसरी किनिएको जहाजले व्यापारिक उडान गर्न भने नपाउने प्रावधान रहेको जनाइएको  छ । हवाई उडान सुरक्षा र हवाई सुरक्षाका अनिवार्य प्रावधानहरूसहितका आवश्यक सर्तहरू कडाईका साथ पालन गर्नुपर्नेछ ।

    खासगरी धनी र विकसित देशहरूमा कैयौँ अर्बपति उद्यमी व्यवसायी तथा कलाकारहरूले समेत आफ्नै निजी विमानहरू राख्ने गरेका छन्।उनीहरूले आफ्नै निजी जेटमा यात्रा गरेको विवरण पनि आउने गर्छ । तर नेपालमा अहिलेसम्म निजी प्रयोजनाको लागि जहाज राख्न पाउने प्रावधान नभएर यस्तो नदेखिएको कतिपयको बुझाइ छ ।

    विसं २०५० मा राष्ट्रिय हवाई नीति जारी गर्दै हवाई क्षेत्रमा निजी लगानी खुला गरेको थियो । त्यहीअनुसार अहिले निजी क्षेत्रमा कैयौं हवाई कम्पनीहरु खुलेका छन्, जसले देश विदेशमा उडान गरिरहेका छन् । निजी प्रयोजनाका लागि हवाइजहाज किन्न पाउने नीति ल्याइए नेपालमा पनि निजी प्रयोजनका लागि हवाइजहाज प्रयोगमा आउने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij