Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

बिहीबार सुनको मूल्यमा घटबढ नभई स्थिर, तोलाको दुई लाख सात हजार ९०० मा कारोबार हुँदै

बिहीबार सुनको मूल्यमा घटबढ नभई स्थिर, तोलाको दुई लाख सात हजार ९०० मा कारोबार हुँदै

  • काठमाडौँ। बिहीबार सुनको मूल्यमा घटबढ नभई स्थिर, तोलाको  दुई लाख सात हजार ९००  मा  कारोबार भइरहेको छ ।   स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन ।

    चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij