Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

प्रधानमन्त्री ओलीले ‘मर्छु कि मारिनेछु’ भनी पाएको सन्देश डिकोड गरेको भए जेनजी क्षति रोकिन्थ्यो की ?

प्रधानमन्त्री ओलीले ‘मर्छु कि मारिनेछु’ भनी पाएको सन्देश डिकोड गरेको भए जेनजी क्षति रोकिन्थ्यो की ?

  • काठमाडौँ । चीन भ्रमणमा जान अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ मर्छु कि मारिनेछु’ भनी लेखिएको पत्रबाट दिन खोजिएको सन्देश लिन नमान्दा जेनजी दुखान्त  घटना घटेको दाबी गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा गुहार माग्न जानेहरूको सन्देशलाई बेवास्ता गर्ने गरिएकोले यस्तो घटना घटेको दाबी गरिएको हो ।

    स्रोतका अनुसार यस्तै एक सन्देश वालुवाटार प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि पठाइएको थियो  । त्यो सन्देशको सत्यता जाँच गर्न खोजिएको थिएन् । गुहार माग्नेहरूको पीडा सम्बोधन गर्न खोजिएको थिएन् । त्यस्तै गुहार माग्नेहरूको माध्यमबाट प्रधानमन्त्रीलाई दुखान्त घटनासम्बन्धी सूचना दिन खोजिएको सम्बद्ध स्रोतको भनाइ छ । वालुवाटारमा त्यस्ता गुहार माग्नेहरूको वेबास्ता गर्ने गरिएकोले वालुवाटारमा एक पत्र भदौ ११ गते पठाइएको थियो । त्यसमा पत्रमा अन्य विषयसँग जोडिएर लेखिएको थियो ‘मर्छु कि मारिनेछु’ । प्रधानमन्त्री ओलीले ‘मर्छु कि मारिनेछु’ लेखिएको पत्रको डिकोड गर्न नसकेका हुन् । वा डिकोड गर्न नपाएका हुन् ।

    विज्ञहरूका अनुसार प्रधानमन्त्री निवास जस्तो संस्थामा गुहार माग्नेहरूको पहिचान गर्न नसक्नु, तिनका गुहारप्रति प्रतिक्रिया नजाउनु आफैमा गम्भीर विषय हो ।गुहार माग्नेहरू कहाँ गएर गुहार माग्ने हुन त्यो प्रधानमन्त्री निवास जस्तो संस्थाले तय गर्ने होइन् गुहार माग्नेप्रति तत्काल प्रतिक्रिया व्यक्त गर्नुपर्ने हो । प्रधानमन्त्रीले प्रतिक्रिया जनाउन जुनसुकै उपकरण उपयोग गर्न सक्ने छन् । उनले सक्दैनन् भने कसले सक्छन् स्रोतको प्रतिप्रश्न हो ।तर वालुवाटारबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेको पाइएको छैन् । सन्देश सम्बद्ध स्रोतका अनुसार प्रतिक्रिया जनाएको भए सम्भवतः जेनजीको दुखान्त घटना रोक्न सकिन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij