Logo

Aug 03 2025 | २०८२, साउन १८गते

Aug 03 2025 | २०८२, साउन १८गते

images

भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित गराउन व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित गराउन व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

  • काठमाडौँ । उद्योगी व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडान नियमिति गराउन आन्दोलनको तयारी तीव्र बनाएका छन् । रूपन्देहीका उद्योगी व्यवसायीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउन विरोधका कार्यक्रम घोषणा गरेका हुन्।

    सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, सिद्धार्थ सञ्जाल र चेम्बर अफ कमर्सले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध विरोधका कार्यक्रम घोषणा गरे । उनीहरुले अन्तर्राष्ट्रिय उडान नियमित गर्न यसपटकको विरोध निर्णायक हुने विश्वास व्यक्त गरेका छन्।  विमानस्थल अगाडि धर्नालगायत कार्यक्रम सार्वजनिक गरेका व्यवसायीहरूले  आन्दोलन संयोजना गर्न एक सङ्घर्ष समिति समेत गठन गरेका छन्।

    समितिका संयोजक अनिलकुमार ज्ञवालीले पहिलो चरणमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र केन्द्रका निर्वाचित सांसदसँग छलफल गरी प्रतिबद्धता लिने योजना खुलाए। उनका अनुसार समितिले सम्बन्धित एयरलाइन्सका प्रमुखसँग पनि छलफल गर्नेछ। यसैगरी  विरोधका कार्यक्रमबारे समितिले प्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्री, श्रममन्त्री र स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने जनाइएको छ। हजारौंको उपस्थितिमा विमानस्थल अगाडि शान्तिपूर्ण विरोध सभा गर्ने पनि समितिले बताएको छ। समितिले पहिलो चरणमा कालोपट्टी बाँधेर शान्तिपूर्ण ¥याली निकाल्नेछ।

    माग सुनुवाइ नभए दोस्रो चरणमा विमानस्थलको गेट अगाडि नियमितरुपमा धर्ना तथा विरोध सभा गर्ने समितिले बताएको छ।गौतमबुद्ध विमानस्थलमा उडान भरिरहेका वायुसेवा कम्पनीले ‘समर सेड्युल’ लिएका छैनन्। जसका कारण एक सातापछि भैरहवामा नेपाल एयरलाइन्स बाहेकको अन्तर्राष्ट्रिय उडान नहुने देखिएको छ ।यसैले उद्योगी व्यवसायीहरूले दबाबका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको पर्यवेक्षकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij