Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

नागरिक उड्डयन प्राधिकरण विभाजन सदनमा प्रस्तुत भइरहेका बेला कर्मचारीद्वारा फिर्ता गर्न आन्दोलन

नागरिक उड्डयन प्राधिकरण विभाजन सदनमा प्रस्तुत भइरहेका बेला कर्मचारीद्वारा फिर्ता गर्न आन्दोलन

  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारीहरूले क्यान  विभाजन सम्बन्धी विधेयक फिर्ता लिन दबाब बढाएका छन्। कर्मचारीहरूले  आइतबार क्यानका महानिर्देशकको सचिवालयमा तालाबन्दी गरेका छन्।कर्मचारी यनियनका अध्यक्ष सुवास कोइरालाले विधेयक फिर्ता लिन दबाबस्वरुप आफूहरु तालाबन्दीमा उत्रिएको बताएका हुन् । उनले भने  ‘ आज बोर्ड हल र महानिर्देशकको सचिवालयमा ताला लगाइएको छ ं,’ 

    कर्मचारीहरुले तालाबन्दी गरी एक घण्टा धर्नामा बसेर विधेयक फिर्ता लिन प्रदर्शन गरे । अध्यक्ष कोइरालाले जनाए अनुसार माग  माग सुनुवाइ नभएन  थप दबाबमूलक कार्यक्रम गरिनेछ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रतिनिधि सभाको बैठकमा नेपाल हवाई सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij