Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

कम्तीमा १० प्रतिशत शेयर क्यासिनोमा राख्न पर्ने प्रावधान ल्याउँदै सरकार

कम्तीमा १० प्रतिशत शेयर क्यासिनोमा राख्न पर्ने प्रावधान ल्याउँदै सरकार

  • काठमाडौँ । क्यासिनो सञ्चालन गर्न कम्तीमा १० प्रतिशत शेयर लगानी हुनुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ ।चार तारे  वा सोभन्दा माथिल्लोस्तरका  होटल वा रिसोर्टमा क्यासिनो खेलाउन दिने वा खेलाउन चाहनेको १० प्रतिशत शेयर लगानी लिएदिएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

    राष्ट्रिय सभामा दर्ता भएको पर्यटन ऐन २०८१ विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको छ ।उक्त विधेयकमा उल्लेख भए अनुसार माथिल्लोस्तरको होटल वा रिसोर्टले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न सहमति दिँदा त्यस्तो क्यासिनोमा उक्त होटलको वा रिसोर्टको कम्तीमा १० प्रतिशत सेयर स्वामित्व हुनै पर्नेछ।

    यसअघि सरकारले क्यासिनो नियमावली २०७० अनुसार छुट्टै इजाजत पत्रका आधारमा क्यासिनो सञ्चालन हुन सक्ने व्यवस्था गरेको थियो । नयाँ व्यवस्थाले अब क्यासिनोको दायित्व र जिम्मेवारी होटलमा आउने भएको छ। यसैगरी  प्रस्तावित ऐनले क्यासिनोमा ४९ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन  पाइने व्यवस्था गरिएको छ ।  सरकारले क्यासिनोको आम्दानीबाट संस्थागत सामाजिक उत्तरदायित्वमा २ प्रतिशत अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था उक्त ऐनमा समावेश गरेको छ । पर्यटन ऐन जारी हुनुअघि सञ्चालनमा रहेका क्यासिनोले एक वर्षभित्र शेयर अनुपात मिलाउने समय पाउने छन्।

    क्यासिनोले गरेको खुद आम्दानीको २ प्रतिशत रकम पर्यटन प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण र श्रमिक तथा कामदारको कल्याणजस्ता सामाजिक कार्यमा खर्च गर्नुपर्ने भएको हो। तोकिएबमोजिम सीएसआरको दायित्व पूरा नगर्ने क्यासिनोले सरकारी कोषमा सो रकम जम्मा गर्नुपर्ने छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij