Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय तानिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय तानिए

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई मन्त्रालय तानेका छन् ।गृहमन्त्री लेखकले ७ महिनामै अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाएका हुन् । गत असोज २१ गते मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै त्यहाँ पठाएका भट्टराईलाई मंगलबार साँझ मन्त्रालय तानेका हुन्।


    निकटस्थ स्रोतले जनाए अनुसार  भिजिट भिसामा गडबडी गरेको गुनासो मन्त्री लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेपछि भट्टराईसहित त्यहाँ कार्यरत ८ सुब्बालाई मन्त्री लेखकको निर्देशनमा मन्त्रालय तानिएको हो ।भट्टराईको स्थानमा अहिले पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालालाई पठाइएको  जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij