
काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिए ।
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने अर्थमन्त्रीले बताएका छन् । उनले पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाइने घोषणा गरेको छ ।
गौतमवुद्ध विमानस्थललाई भने पर्यटक र श्रमिकहरूका लागि किफायती हुने गरी सञ्चालन गरिने भएको छ । यी विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा विशेष छुट समेत राज्यले दिने भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij