Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

बजेट माग्‍ने र दिने होइन कि योजना बनाउने परिपाटी रोज्नुपर्ने पर्यटन मन्त्री पाण्डेको भनाइ

बजेट माग्‍ने र दिने होइन कि योजना बनाउने परिपाटी रोज्नुपर्ने पर्यटन मन्त्री पाण्डेको भनाइ

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले बजेट, माग्‍ने र दिने नभई सबै सहभागितामा योजना बनाउने परिपाटी रोज्‍नुपर्ने बताएका छन् ।प्रतिनिसभामा सोमबार पर्यटन मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्‍नहरुको जवाफ र स्पष्टिकरण दिने क्रममा मन्त्री पाण्डेले यस्तो भनेका हुन् ।

    उनका अनुसार   अहिले निकै सकसपूर्ण रुपमा बजेट बनाइएको छ ।   कोहीले बजेट माग्‍ने र कसैले दिनजस्तो प्रवृत्ति देखिएको  छ। यो प्रवृत्ति अन्त्य गर्दै योजना निर्माणमा सबै क्षेत्र र समुदायको सहभागिता र प्राथमिकीकरण गर्दै बजेट विनियोजन गर्ने पटीपाटी रोज्‍नुपर्ने छ । 

    मन्त्री पाण्डेले मन्त्रालयका आएका सबै योजनाहरुको व्यवस्थित रेकर्ड राखेको र उक्त योजना कार्यान्वयनका लागि आवश्यक पहल थाल्‍नेसमेत  बताए । उनले भने , "हाम्रो मन्त्रालयमा आएका सबै योजनाहरु व्यवस्थित रेकर्ड राखेका छौं । सबै ठाउँमा योजनाहरु पार्नसक्ने अवस्था सिर्जना हुन सकेन । मन्त्रीले एकलौटी गरेको छ कि छैन, क्षेत्र हेरेको छ कि छैन यहाँहरुले समीक्षा र विश्लेषण गरिदिनुस् । यसले आगामी दिनमा बजेट निर्माणका प्राथमिकता दिने नै छौं ।" 

    मन्त्री पाण्डेले दुई वटा जिल्लामा बजेट पर्न नसक्न‍ु दु:खद भएको बताए ।  "मनाङ र रुकुम-पश्च‍िमबाहेक सबै जिल्लामा बजेट विनियोजन भएको छ । बजेट निर्माणका क्रममा सीमित स्रोत साधन र न्यूनतम योजना बनाउनुपर्ने, तीन करोडको सिलिङमा रहनुपर्ने, समन्यायिक विकासमा ध्यान दिनुपर्ने, राजनीतिक सन्तुलन र क्षेत्रगत सन्तुलनका दृष्टिले हामीलाई बजेट बनाउन निकै सकसपूर्ण भयो । संस्कृति र पर्यटकीय र नागरिक उड्डयनका दृष्टिकोणले बजेट बनाउनुपर्ने बजेट बनाउने हो भने ५० अर्बभन्दा बढीको बजेट आवश्यक पर्छ "उनले भने ।

     मन्त्री पाण्डेले सात प्रदेशका सात वटा हिल स्टेशनहरु बनाउने गरी बजेट विनियोजन भएको र यसमा हामीले निजी क्षेत्रलाईसमेत समेटेर टाकुरा कार्यक्रमको प्रभावकारी सञ्‍चालन गर्न केन्द्रित भएको भने  । 

    नागरिक उड्डयन क्षेत्रमा ४९ करोड बजेट आवश्यक रहने भनिएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने , "कतिपय विमानस्थल निर्माण गर्नुपर्ने र कतिपय विमानस्थल सुधार गर्नुपर्ने योजनाहरु थिए । ती योजनाहरु निरन्तरता दिने गरी योजना बनाएका छौं । निजगढ विमानस्थल नेपालको महत्वाकांक्षी विमानस्थलको रुपमा छ । यस विमानस्थलको निर्माणको मोडालिटी र सञ्‍चालनको मोडालिटी सँगसँगै गर्ने गरी काम गरिरहेका छौं । सबै जिल्लाको सहभागिता गर्ने कोशिष भन्दा पनि मनाङ र रुकुम पश्‍चिममा एउटा पनि योजना परेको रहेनछ । हामीले योजना बनाउँदा आगामी दिनमा के गर्न सकिन्छ, त्यसका विकल्पहरुबारे हामी छलफल गरेर काम गर्नेछौं ।"भने  "अब योजनाको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्‍ने काम सुरु गरिसकेका छौं र योजना नपरेका जिल्लामा कसरी काम गर्न सकिन्छ भन्‍ने विषयमा पनि हामी छलफलमा छौं छाडि परेका १० जिल्लालाई विशेष कार्यक्रम सञ्‍चालन गर्ने के गर्न सकिन्छ भन्‍ने अभियान चलाएका छौं र अहिले त्यो कार्यक्रमका लागि ५८ करोड मात्र परेको छ । यसका लागि सबै मन्त्रालयले ध्यान दिनुपर्ने कुरामा हामीले भनेका छौं । समन्यायिक विकास हुने हिसाबले बजेट विनियोजन होस् भन्‍ने कुरामा हामी केन्द्रित छौं ।"

    सबै मन्त्रालयहरुले पछाडि परेको जिल्ला र क्षेत्रहरुलाई अगाडि ल्याउनका लागि समन्यायिक बाटोबाट जाने प्रतिबद्धतासमेत मन्त्री पाण्डेले भने  ।  उनले भने  , "हामी अहिले नीति निर्माण गर्ने कुरामा केन्द्रित भएका छौं । संस्कृति नीति बनाउने कुराको अन्तिम चरणमा छौं । पर्यटन नीति बनाउने क्रममा छौं । हवाई नीति हामीले बनाइरहेका छौं । नेपाल एयरलाइन्सलाई कसरी विश्‍वसनीय बनाउने विषयमा हामी कानुन निर्माणको काममा छौं ।"

    निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने , "देशको अर्थतन्त्रमा योगदान गर्नुपर्ने काम हामी गर्छौं । मन्त्रालयको बाध्यता, अप्ठ्यारो र बजेटको सीमा माननीयज्यूहरुले बुझ्‍नुभएको छ । त्यसमा आधारित प्रश्‍नहरु गर्नुभएको छ । ती समस्याहरुको आगामी आर्थिक वर्षमा हामीले हल गर्दै जानेछौं ।"

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij